काठमाडौंं - निरन्तर ओरालो दिसा तिर लम्किदैं गरेको शेयर बजार साताको चौथो दिन उचालिेएको भए पनि पाँचौ दिनमा आएर राताम्य भएको छ ।
बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै सेयर बजारमा बिहीबार पहिरो गएको हो ।
बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ५७ अकंले घटेर १९२४.४८ बिन्दु बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ४७.४४ अकंले बढेर १९८१.४८ बिन्दुमा बन्द भएको थियो ।
पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १२ करोड ५६ लाख ५५ हजा। ७८७ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेमा भारी गिरावट आएसँगै लक्ष्मी बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २१ करोड ५० लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, रिडी पावरको ११ करोड ६४ लाख ८९ हजार रुपैयाँ,अपी पावरको ७ करोड ३५ लाख १६ हजार रुपैयाँ र नेपाल टेलिकमको ६ करोड ६८ लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो ।