कतै वर्षा, कतै हिमपातको सम्भावना : सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जानकारी दिँदै महाशाखाले पूर्वी तथा पश्चिमी भागका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

आगामी २४ घण्टामा पहाडी भूभागका केही र स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पूर्वी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले शनिबार (आज) दिउँसो पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा बदली रही बाँकी भागमा आंसिक बदली रहने जनाएको छ । त्यस्तै पूर्वी पश्चिमी तथा मध्य पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । पूर्वी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना छ ।

शनिबार राति पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार दिउँसो देशभर बदली रही पश्चिमी, मध्य र पूर्वी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति देशभर बदली रही पश्चिमी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै सोमबार दिउँसो देशभर बदली रही मध्य तथा पूर्वी भागका साथै पश्चिमी पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

सोमबार राति मध्य तथा पूर्वी भागमा बदली रही पश्चिमी भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया