काठमाडौं । भारतको सलेम बेंगलरु नेशनल राजमार्गमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ । तीर्थयात्राका लागि भारत गएको नेपाली सवार बस बिहीबार बिहान दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुने ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको परिचय खुलेको छ । अन्य एक जनाको परिचय खुल्न सकेको छैन् ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । भारतीय प्रहरीका अनुसार नेपाली भक्तजन कन्याकुमारीको दर्शन गरेर बेंगलरुतर्फ फर्किँदै थिए । फर्कने क्रममा आराम गर्न रोकिएको बसलाई बैंगलुरबाट आएको एक निजी बसले ठक्कर दिएको बताइएको छ ।