बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । धितोपत्र बोर्डमा प्रमुख नहुँदा प्राथमिक शेयरको सम्पूर्ण काम ठप्प जस्तै छ । प्राथमिक पुँजीको मारमा परेका मध्य जलविद्युत कम्पनीहरू सबै भन्दा धेरै रहेका छन । उनीहरूको आईपीओ लगायत अन्य पुँजीको स्रोता जुटाउने माध्यम चलायमान हुन सकिरहेका छैनन् । सरकार भने यस विषयमा मुकदर्शक भएर बसिरहेको छ । 


यसैबीच  बुद्धभूमि नेपाल हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न जेठ ३० गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्याल, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे बस्नेछ । 

सभा प्रयोजनका लागि बुधबार जेठ २३ गते बुक क्लोज हुने भएकाले मंगलबार जेठ २२ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउनेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया