काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । यस्तै बालुवाटर स्रोतले पनि बास्कोटालाई राजिनामा दिन निर्देशन दिने अनुमान गरिएको छ ।
यसै विषयलाई लिएर दुई अध्यक्ष दाहाल र ओली विच पनि भेटबार्ता भएको थियो । आधिकारी स्रोताले यो कुराको पुष्ट नगरे पनि अध्यक्षहरुले राजिनामाको बाटो सहि हुने बताएको अनुमान छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
दुई नेतावीचको भेटवार्ताबारे दुवैको सचिवालयले केही नखुलाएपनि सञ्चारमन्त्री बाँस्कोटाको भिडियो प्रकरणबारे छलफल भएको बुझिएको छ । स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा ओली र प्रचण्डवीच कुराकानी भएको छ ।