शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्रीमा नियुक्त

उपसभामुख पदबाट राजिनामा दिएर बसेकी शिवामाया तुम्वाहाङ्फे कानुन मन्त्री बन्दै छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आज साढे ३ बजे मन्त्रीको सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ। पार्टीकाे निर्देशनपछि उनले अग्नीप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएकी थिइन् ।

उनलाई कानुन, न्याय तथा संसदिय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रतिक्रिया