वरिष्ठ पत्रकार कमल पौडेललाई ब्लड क्यान्सर भएको छ । ब्लड क्यान्सर पीडित पौडेल हाल काठमाण्डौंको सिभिल हस्पिटलमा उपचारको क्रममा छन्
जनआस्था साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका पौडेल नेपाल समाचारपत्र दैनिकका लागि लामो समय वरिष्ठ सह–सम्पादकको रुपमा रही जिम्मेबारी निभाएका व्यक्ति हुन् । इटहरीको नमुना कलेज र बिराटनरका केही क्याम्पसहरुमा पत्रकारिता विषयको अध्यापन गराउँदै आएका पौडेल केहि वर्षयता बिराटनगरबाट प्रसारणमा रहेको मकालु टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत छन् ।
बिरामी पश्चात पौडेललाई अस्पताल भर्ना गरिएको छ । सिभिल हस्पिटलले पौडेलको उपचारमा ३० लाख रुपैंया खर्च लाग्ने जनाएको छ । उपचारमा मोटो रकम खर्च हुने भएपछि पौडेलको परिवारले सहयोगको अपिल गरेको छ । एक साताभित्र ३० लाख रकम उठाउनु पर्ने हुँदा पौडेलका आफन्त तथा शुभचिन्तकहरुले सकेको सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।
पत्नी, दुई छोरा र एक छोरी रहेका विरामी पौडेलको उपचार सहयोगका लागि गोफन्डीमा खाता समेत खोलिएको छ । डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा संयुक्त रुपमा सहयोगका लागि गोफन्डीमा खाता खोलिएको छ ।