कोरोना भाइरस संक्रमणको उद्गमस्थल मानिएको चीनको हुवेई प्रान्तमा रहेका नेपाली स्वदेश फर्कन पाएकामा खुसी भएका छन्।
उनीहरूले सरकारले ढिलै भए पनि आफूहरूको उचित व्यवस्थापन गरेको भन्दै खुसी व्यक्त गरेका हुन् ।
नेपाल फर्किएसँगै उनीहरूले सरकारलाई धन्यवाद दिएका छन् ।
सरकारले आफूहरूलाई फर्काएर उचित व्यवस्थापन गरेकाले डिप्रेसन हुनबाट जो गिएको उनीहरूले बताएका छन् ।
सरकारले चीनमा रहेका १ सय ७५ नेपालीलाई आइतवार विहान उद्घार गरेर नेपाल ल्याएको थियो ।
उनीहरूलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा बसिरहेका डा. जितसिंह भण्डारीका अनुसार सरकारले बासको राम्रो व्यवस्थापन गरेको छ । उनले भने, ‘केही अप्ठ्यारो परे स्वास्थ्यकर्मी आउनुहुन्छ । हामी सबै जनालाई ज्वरो नाप्नका लागि थर्मोमिटरको व्यवस्था गरिएको छ । खानाको पनि राम्रो व्यवस्था छ ।’ प्रत्येकलाई छट्टाछुट्टै बेडको व्यवस्था गरिएको छ । राजधानी दैनिकमा खबर छ ।