• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

मुक्तिनाथ विकास बैकको ऋणपत्रमा आजदेखि आवेदन खुल्यो

काठमाण्डौ - मुक्तिनाथ विकास बैकले ८ दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि विक्री खुल्ला भएको छ । 

कम्पनीको ऋणपत्रको अवधि  अवधि ७ वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई बिक्री गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो। जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ।

सो ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २१ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया