• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

धौलागिरीका दुई चर्चित युवा शिव र सुर्यको उत्कृुष्ट सिर्जना नैना रेशम

धौलागिरीमा जन्मीएका लोकप्रिय सर्जक तथा गायक सुर्य खड्का र शिव अखेलीको सहकार्यमा नयाँ गीत नैना रेशम भर्खर मात्र सार्वजनिक भएको छ ।

गायक सुर्य खड्का आम लोकदोहोरी पारखिका लोकप्रिय गायक अर्को तर्फ शब्द श्रीजनामा माहिर सर्जक शिव अखेली। दुबैको सहकार्यमा सदाबाहार मनै छुने गीतको साभार भैरहेको छ।केही घण्टा मात्र अघाडी बजारमा श्राबजनिक भएको यस गीतमा हजारौं दर्शक (श्रोता झुम्मिने क्रम जारी छ।

निकै मौलिक एवम् समसामयिक शब्दमा तयार गरिएको यस गीतले केटा र केटीको प्रेमलाई कलात्मक तवरबाट उतार्न खोजेको छ।सर्जक अखेलिकै शब्द श्रीजनामा गायक खड्काको समधुर आबाज रहेको छ भने गायिका तर्फ दुर्गा सापकोटाको स्वर लिपिबद्ध गरिएको छ।

गीतमा संगीत भने स्वयं गायक खड्कालेनै दिएका छन्।हे नैना तिमी जस्ती राम्री त कोहि छैन भनेर गायक खड्काले गायिका दुर्गा सापकोटालाई सुरुवातमै मन लोभ्याउन खोज्छन् भने उता गायिका सापकोटाले हे रेशम यसै ठिक छु भो दुख नबिसाउ भनेर जबाफ फर्काउछिन्।

यस्तै (यस्तै मनोरम शब्दले गीतलाई आकर्षक बनाएको देखिन्छ।काजिश श्रेष्ठको निर्देशनमा पछिल्लो पुस्ताका चर्चित कलाकारहरु सागर लम्साल९बले०,प्रीन्सी खतिवडा र प्रीस्मा खतिवडाको अभिनयले गीतलाई थप मनोमहक बनाएको छ।

प्रतिक्रिया