• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • देश ,
  • मुख्य खबर

कुवेतमा बालुवाको ढिस्कोमा पुरिएर निधन भएका ६ जना नेपालीको पहिचान (भिडियो सहित)

कुवेतमा निर्माणस्थलमा पुरिएर ६ जना नेपालीको निधन भएको छ । निधन हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, र दाङका श्यामनारायण चौधरी रहेका छन ।

अन्य दुई जनाको पहिचान खुल्न नसकेको कुवेतमा रहेको नेपाली दुतावासले जनाएको छ । उक्त घटनामा दुई जना नेपाली घाइते भएका छन् ।

कुवेतको अल–मुत्लामा निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका आठ जनाको उद्धार गरिएकामा ६ जनाको निधन भएको हो ।

चिनियाँ कम्पनीले काम गरिरहेको निर्माणस्थलमा बालुवा गिट्टीको थुप्रो खस्दा दुर्घटना भएको हो ।

प्रतिक्रिया