टेक्ससमा एनआरएन अमेरिकाको युवा सम्मेलन हुदै,

अमेरिका निवासी विद्यार्थी तथा युवाहरुलाई एनआरएनमा कसरी सक्रिय बनाउने भन्ने अहम सवाललाई आत्मसात गर्दै (युवा तथा बिद्यार्थी) को सक्रियतामा यहि फेब्रुअरी २३, २०२० मा टेक्सासमा युवा सम्मेलन हुन लागेको गइरहेकाे छ । The University of Texas मा हुन गइरहेको कार्यक्रममा प्रमुख अतिथि राजदुत डा अर्जुन कार्की को उपस्थिति रहनेछ।

कार्यक्रम एनआरएन अमेरिकाको आफ्नो कार्यक्रम भएको र यसलाई सफल बनाउने जिम्मेवारी पनि हाम्रो हो भन्ने कुरालाई मनन गरी यथेष्ट सहभागिता र सहयोग लागि रास्ट्रिय गैर आवासीय नेपाली संघ समन्वय परिषद अमेरिकीका युवा संयोजक बिनोद रुवालीले सबै युवाहरुलाइ उपस्तिथितको लागी आग्रह समेत गर्नुभयो।

विदेशमा हुने यस्ता कार्यक्रमले युवामा जोश जागर र देश प्रेम समेत अभिबृद्धि हुने लक्ष आयोजकले लिएको छ ।

प्रतिक्रिया