मुनाले छोरालाई भिक्षा दिने सपना अधुरै रह्यो,यसरी चकनाचुर भयो कार्की परिवारको सपना – भिडियो सहित

पुर्व सचिव अर्जुन कार्कीको परिवारमा विपद आइलागको छ । सोमवार विहान सम्म हाँसी खुसी रहेको यो परिवारलाई मध्य दिनमा बज्रपात परेको हो ।

घरमा काम गर्न बसेका विजय चौधरीले उनको हत्या गरि आफुले समेत आत्म हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले बताउछ ।

कार्कीको घाँटी थिचेर हत्या गरिएको समेत पुष्टि भएको छ । ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा सोमबर बिहान अचेत अवस्थामा भेटिएकी कार्कीलाई उपचारका लागि स्टार अस्पताल पुर्‍याइए पनि अस्पतालले पहिले नै मृत्यु भइसकेको बताएको थियो ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी उच्च स्रोतका अनुसारकामदार विजय चौधरीको पनि झुण्डिएकै कारण मृत्यु भएको देखिएको छ।

पोस्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार कार्कीको मृत्युको कारण स्ट्रांगुलेसन घाँटी थिचिएका कारण हो। मृतकमा म्यासिभ हेड इन्जुरी देखिएको पनि मृत्युको कारण भने स्ट्रांगुलेसन नै हो, उनले भने, यस्तै चौधरीको मृत्यु पनि झुण्डिएकै कारण भएको देखिएको छ।

यो परिवारले अर्को महिनाको १६ गते घरमा छोराको ब्रतबन्धको तयारीको लागी कार्ड बनाउने तयारीमा थियो जुन घटना सँगै मुनाको सपना चकनाचुर भएको छ ।

प्रतिक्रिया