बागलुङको ग्वालिचौरमा नहरमा खसेर एक बालिकाको मृत्यु भएको छ । बागलुङ बडिगाड गाउँपालिका–५ ग्वालिचौरमा आमासंगै भाडा माझ्ने क्रममा जलविद्युतको नहरमा खस्दा बालिकाको मृत्यु भएको हो ।
ग्वालिचौर निवासी कृष्ण परियारको ४ वर्षिया छोरी सिजन परियार आमासँगै भाडा माँझ्न ग्वालीचौर लघुजलविद्युत आयोजनाको नहर छेउमा गएको बेला चिप्लिँदा नहरको पानीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले जानकारी दिए ।
बालिकालाई नहरको पानीले बगाएर दुई सय मिटर तल पुराएको थियो । बालिकाको उद्धार गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।