घट्दो क्रममा सुनको मूल्य कति छ आजको बजार भाउ

काठमाडौं - केही दिनयता लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज बुधबार थप ४०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा झरेको छ । 


यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै घट्दै आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि हुँदै बुधबार एक हजार २४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । जबकी गत मंगलबार चाँदी तोलामा १० रुपैयाँले नै घट्दै एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।  

प्रतिक्रिया