बुधबारको बजारमा घट्यो सुनचाँदीकै मूल्य

काठमाडौंं - बुधबार सुनचाँदी सस्तिएको छ । साउन १८ गते, सुन तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा झरेको छ । आज तेजाबी सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार भने सुन महंगिएको थियो । हिजो सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएकाे थियाे ।

चाँदीको मूल्य पनि बुधबार सस्तिएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच हुँदैछ ।

अघिल्लो कारोबार दिन भने चाँदीको भाउ स्थिर रहेको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार २२० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया