घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु

मुगुमा घाम ताप्ने क्रममा लडेर एक शिक्षकको मृत्यु भएको छ । नेपालगंज स्थायी घर भई मुगुको खत्याड गाँउपालिका वडा नं ३ बुगा गाँउमा रहेको कालिका माध्यामिक विद्यालयमा कार्यरत २७ वर्षीय शिक्षक जय बहादुर शाहीको घाम ताप्ने क्रममा लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी हवल्दार पृथ्वी रावतका अनुसार मृतक शिक्षक शनिबार गाँउ नजिकै रहेको धारामा नुहाई धुवाई गरि डिलमा घाम तापी रहेका बेला एक्कासि बसेकै स्थानबाट लडेका थिए ।

घाम ताप्न बसेको डिलबाट २०० मिटर तल खसेका शाहीको टाउको र छातीमा चोट लागेपछि उपचारका लागि रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर उनको
उपचारकै क्रममा शनिबार राती ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

हिमाली भिरपाखा र कठिन भुगोलका कारण बर्षेनी दर्जन बढी व्यक्तिहरुको लडेर मुत्यु हुने गरेको प्रहरीको पछिल्लो तत्थ्याकले देखाएको छ ।

प्रतिक्रिया