दोहोरी च्याम्पियनबाट चर्चामा आएकी अस्मितालाई भेट्न जापानबाट नेपाल आँउदै प्रेम सापकोटा - भिडियो सहित

काठमाण्डौ । नेपालीहरुको महान पर्व विजया दशमी आउन अब धेरै दिन बाँकी छैन । यो पर्वको अवसरमा धेरै विदेशमा रहेका नेपालीहरु नेपाल आउने गर्दछन् । नेपालीको यहि विषयलाई लिएर धेरै कलाकाहरुले दशै गीत मार्फत सार्वजनिक गरिरहेका छन ।

जापानमा रहेर निरन्तर संगीत कर्ममा लागेका धौलागिरीका दुई युवा दिपक कँडेल र प्रेम सापकोटा सोनु मिलेर नयाँ गीत यो दशैमा आँउदैछु घर सार्वजनिक गरेका छन । धेरै गीतहरु नेपाली घर आउन नपाउने विषयलाई उठाइरहेका बेला यो गीतमा भने खुसीको सन्देश दिन खोजिएको छ । गीतले लामो समयदेखि विदेशमा रहेर नेपाल फर्किने युवाको खुसी र उसको परिवारको खुसीलाई लय, शब्द सिर्जना मार्फत गीतमा उतारिएको छ । 

गीतको शब्द सिर्जना सर्जक दिपक कँडेलले गरेका छन भने लय सिर्जना गायक तथा सर्जक प्रेम सापकोटाले गरेका छन । गीतमा दोहोरी च्याम्पिएनबाट चर्चामा आएकी गायिका अस्मिता डल्लाकोटी,भगवती खढ्का र प्रेम स्वयमले आवाज दिएका छन । 

गीतको म्युजिक भिडियो समेत उत्कृष्ठ बनाइएको छ । गीतमा विजय पुन र रचना गौतमले अभिनय गरेका छन भने मौषम हिमालीले गीतको निर्देशन गरेका छन । गीतलाई दीपिका म्युजिकले बजार ब्यवस्थापन गरेको छ । 

गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै सर्जकहरुले आफुहरुलाई सबैबाट राम्रो प्रतिक्रिया आइरहेको बताएका छन ।

 

प्रतिक्रिया