• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर

विजय गच्छदार भन्छन्-‘मसँग पैसा छैन, ९ करोड कहाँबाट ल्याउने ?

काठमाडौं, २५ माघ । ललितानिवास प्रकरणमा मुछिएका कांग्रेस उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले अख्तियारले माग गरेको बिगो तिर्ने रकम आफूसँग नभएको बताएका छन्। संसदीय दलको शुक्रबार बसेको बैठकमा बोल्दै उपसभापति गच्छदारले ललिता निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका हुन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अख्तियारले माग दाबी गरेको बिगो तिर्न सक्ने अवस्थामा नरहेको बताए। ‘९ करोड रुपैयाँ कहाँबाट ल्याउने ? मसँग पैसा छैन ? ,’ दलको बैठकमा उनले भने, ‘३० वर्ष सांसद बनें। कुनै दोष लागेन। अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया