पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब हुने

काठमाडौं । पुनर्बीमा कम्पनीहरुको न्युनतम चुक्तापूँजी २० अर्ब हुने भएको छ ।  बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीको न्युनतम चुक्तापूँजी २० अर्ब पुर्‍याउने निर्णय गरेको हो । 

कम्पनीहरुले नै पूँजी बढाउने योजना पेस गर्न समय दिएको र कम्पनीहरुले पेस गरेको योजनापछि मात्रै हकप्रद सेयर लगायतका विकल्पमाथि छलफल हुने पौडेलले बताए । पुनर्बीमा जोखिम बहन गर्नुपर्ने कम्पनी भएकोले पूँजीको आधार बलियो चाहिन्छ भनेर पूँजी बढाउन लागिएको प्राधिकरणले जनाएको छ 

हाल नेपालमा २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । नेपाल सकराको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

यस्तै निजी क्षेत्रको लगानीमा स्थापना भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ । नेपाल पुनर्बीमा कम्पनीले २०७६ मा १६ प्रतिशत सेयर सर्वसाधारणलाई जारी नेप्सेमा सूचीकृत भएको थियो । हिमालयन रिइन्स्योरेन्सले भने हालै मात्र साधराण सेयर जारी गरी नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम सहित २०६ रुपैयाँमा ३ करोडकित्ता साधारण सेयर जारी गरेको थियो । दुवै कम्पनीलाई पूँजी बढाउन १ वर्षको समय दिइएको हो ।

प्रतिक्रिया