राष्ट्र बैंकले १५ अर्ब २५ रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले १५ अर्ब २५ रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्ने भएको हो । र्न लागेको हो । ट्रेजरी बिलका लागि आज मंगलबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।


केन्द्रीय बैंकले ९१ दिनको लागि ८ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । उक्त टेजरी बिल २०७९ असार २८ गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनको लागि २ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७९ असोज २५ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्षको लागि ५अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७९ चैत २८ गते परिपक्व हुनेछ ।

प्रतिक्रिया