सज्जन कुमार सिँह/बागलुँग-माघ २३/समाज विकास र सम्वृद्धिमा युवाहरुको भुमिका भन्ने नारा सहित समाज पञ्चकोट युवा समाज बानपा ६ सिमले आयोजना गर्न लागेको प्रथम महाशिवरात्री मेलामा चर्चित गायक कुलेन्द्र विका र भुमिका गिरीको प्रस्तुती रहने भएको छ ।
पर्यटन बर्ष २०२० लाइ लक्षित गरि फागुन ८ देखि १० गते सम्म आयोजना गर्न लागेको महाशिवरात्री मेलाको दोस्रो दिन फागुन ९ गते बहुर्चित गायक कुलेन्द्र विक र गायिका भुमिका गिरी सहित गायक तथा प्रस्तोता सज्जन कुमार सिँहको प्रस्तुती रहने सचिव नारायण कार्किले जानकारी दिए ।
त्यस्तै मेलाको अन्तिम दिन १० गते चर्चित गायक गणेश पौडेल,रवि कार्किको प्रस्तुती रहने छ । भने पहिलो दिन कलाकार दिपेन थापा र बाल कलाकार श्रद्धा क्षेत्रीको लगायतको प्रस्तुती रहने छ ।
मेलामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा टोल स्तरीय पुरष तथा महिला रस्साकस्सी लगायत , घैटोफोर,म्युजिक चियर लगायत आकर्षक प्रतियोगिताहरु रहेका छन् । कार्यक्रम भगवती भगवाती प्राविको मैदानमा हुने छ ।प्रथम पटक आयोजना गर्न लागिएको मेलालाइ भव्य रुपमा सम्पन्न गर्नका लागि व्यापक तयारी भएको मेला सँयोजक विमल खत्रीले बताए ।