काठमाडौं । नेपालमा आइपीओ को क्रेज अत्याधिक रहेको देख्न सकिन्छ । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा ७ लाख बढीको आवेदन परेको छ । यो तथ्याङ्कले पनि त्यो कुराको पुष्टि गर्छ ।
कम्पनीको आईपीओ बिहीबार साँझ ५ः०२ बजेसम्ममा ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको ८० लाख ६६ हजार १४० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशन गरेको १० लाख ५८ हजार कित्ता शेयरको ७.६२ गुणा बढी हुन आउँछ