कारोबार रकममा केही सुधार भए पनि नेप्सेमा निरन्तर गिरावट 

काठमाण्डौ । बुधबार पनि नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ ।  

बिहिबार आज नेपाल स्टक एक्सचेञ्ज –नेप्से० परिसूचक २।१३ अकंले घटेर १९३७।७४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँको कारोबार भएको छ । बुधबार दिन बजार ११।९७ अंकले घटेको थियो । कारोबार ८२ करोड ६१ लाख रुपैयाँमा सिमित भएको छ । बुधवार २२४ वटा कम्पनीहरुको २९ लाख ४३ हजार ७६९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेप्से झिनो अकंले ओरालो लाग्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १३ करोड १० लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, रिडी पावरको ४ करोड ४४ लाख ८१ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ३५ लाख ५ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ करोड ९३ लाख १० हजार रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया