निरन्तर उकालो लाग्दै सुनको मूल्य, कति पुग्यो तोलामा

काठमाडौंँ - साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन पनि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया