चाँडै मिर्गौला प्रत्यारोपण गर्छु : प्रधानमन्‍त्री ओली

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी ओली ११ फागुनमा ६९ वर्ष पुग्दै छन्। उनी स्वास्थ्य अनुकूल हुनासाथ दैनिक कार्यमा क्रियाशील भइहाल्छन्। डायलासिस गर्दाबाहेकका दिनमा सक्रियता बढाइहाल्छन्। आगन्तुकसँग भेटघाट गर्छन्। सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन्।

उनी मंगलबार तीनवटा कार्यक्रममा व्यस्त भए। मंगलबार दिउँसो अखिल नेपाल महिला संघको शपथग्रहण कार्यक्रमका लागि राष्ट्रिय सभागृह पुगे। साँझ सम्पादकसँग भेटघाट गरे। चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई कहाँ राख्ने भन्नेबारे बैठकमा उनले सहभागिता जनाए। यसअघि उनले १५ माघमा नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरेका थिए। बैठक समापनमा पनि उनको सहभागिता रह्यो।

प्रधानमन्त्री ओलीले डायलासिस कति पटक गरे ? यसको यकिन गणना कसैले गरेको छैन। उनले मंगलबार साँझ सम्पादकहरूसँगको भेटमा चाँडै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिए। ‘किन प्रत्यारोपण गर्ने भनेर सोध्नुहोला, अझै बलियो भएर तीन वर्ष सरकार चलाउन र काम गर्नका लागि हो’, उनले भने।

ग्रान्डी अस्पतालमा गत कात्तिक १३ गते पहिलो पटक डायलासिस गरिएको थियो। उनले केही समययता मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गराउँदै आएका छन्। उनी १० मंसिरमा गम्भीर बिरामी परेका थिए। एपेन्डिसाइटिसको शल्यक्रियापछि सरकारी अस्पतालमै उनले डायलासिस गराउन थालेका हुन्। यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय