चिनियाँ अधिकारीहरुका अनुसार सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार सोमबार साँझ सम्म चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ पुगेको छ ।
त्यस्तै फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।
चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । हुबेईमा मात्रै १० हजार ९ सय ९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।
सोमबारसाँझ सम्म चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । चीन बाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।