काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ सुरु हुन एक दिन बाँकी रहँदा उनले मुख्य प्रशिक्षक पटवालले राजीनामा दिएका हुन् । यो प्रतियोगिता सकिए लगत्तै लागु हुनेगरी उनले आईसीसीलाई राजीनामा पत्र पठाएका हुन् ।
बुधबारबाट हुने ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज उनको नेपालका लागि अन्तिम सिरिज हुने भएको छ । उनी करिब आठ महिनअघि जगत टमाटाको स्थानमा मुख्य प्रशिक्षकमा आएका थिए ।