बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट बसेर एक बालिकाको मृत्यु भएको छ ।
काठेखोला गाउँपालिका–८ लेखानी घरभई हाल रामरेखामा आफन्त सिता विकको घरमा आएकी बिमला विकको १५ महिनाकी छोरी दिपसिना विकको आईतबार एक तला घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दिउँसो घरको छतमा खेलिरहेको बेला भुईमा खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते विकको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि मणिपाल शिक्षण अस्प्ताल पोखरामा पठाईपनि अस्पतालले गएराती नै मृत्त घोषणा गरेको थियो ।