• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

हरियो पासपोर्ट सार्वजनिक नहुँदै गायक गणेश अधिकारीको विजोग

पासपोर्ट हरियो बोलको गीत सार्वजनिक नहुँदै चर्चामा रहेका गायक गणेश अधिकारीले एकल गीत विजोग सार्वजनिक भएको छ । हामी सँगै कुरा गर्दै अधिकारीले आफ्नो जीवनमै पहिलो पटक एकल गीत गायको बताउनु भयो ।

गीतमा अधिकारीको लय तथा स्वर, प्रेम भण्डारीको शब्द, भण्डारी र सारिका केसीको अभिनय रहेको छ । गीतमा जन्म दिने बुवा आमा प्रतिको माया तथा स्नेहलाई झल्काउन खोजिएको छ । गाउँघरमा रहेको एउटा झुपडि पनि साहुले खोस्न खोज्दा बुवा आमालाई परेको समस्यालाई निकै रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

त्यस्तै पछिल्लो समय अधिकारीको “पासपोर्ट हरियो” बोलको गीत भिडियो सार्वजनिक नहुँदै टिक टक तथा सामाजिक सञ्जालमा सर्वाधिक हिट भएको छ । उक्त गीतको भिडियो भने केहि दिनमा सार्वजनिक हुने अधिकारीले बताए ।

गीतलाई हार्ट विट नेपालले आफ्नो च्यानलबाट सार्वजनिक गरेको छ । गीतको पुर्ण सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया