यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । सोमबार जारी पूर्वानुमान सूचनामा महाशाखाले नेपालमा हाल कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेको बताएको हो ।

सोमबार बिहान देशको पश्चिमि र पूर्वी पहाडी भू–भागमा आशिंक बदली रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, दिउँसो भने पूर्वी र मध्य नेपालमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ ।

राति भने देशभरी नै मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया