१२ बिघा जमिनको लोभमा २० वर्षीय युवकले गरे ६० वर्षीयसँग विवाह

एकजना महान दार्शनिकले माया र यु द्धमा सबै कुरा जायज हुन्छ भनेका थिए । तर अहिले पनि समाजमा यस खालका उदाहारणहरु लगातार देख्नमा आइरहेका छन् । अहिले बाहिर आएको एक घटनाले सबैको होस उडाएको छ । सामान्य रुपमा हेर्दा बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तरलाई ध्यान दिइन्छ ।

नेपाल लगायतका देशहरुमा मात्र नभई विश्वभर नै केटाको उमेर केटीको भन्दा केही बढी हुन्छ । कहिलेकाहीँ केटीको उमेर पनि थोरै बढी भएका घटनाहरु हाम्रा वरपर छन् । धेरैमा १२ वर्षसम्मको फरक हामीले देखेका छौ तर पहिलेको भन्दा अहिलेको अन्तर केही कम हुँदै गइरहेको छ । तर, ४० वर्षको उमेर अन्तर भने के होला ? तर यस्तै एक विवाह भारतको मुरादाबादको रामपुरमा भएको छ । यहाँ एक २० वर्षीय युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन् । रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा भइरहेको छ । युवक हरदोइका भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

समाचार अनुसार यी दुईको प्रेम मिसकलको माध्यमबाट सुरु भएको थियो । दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्तीवश फोन अन्तै गयो । ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा लगातार कुरा हुन थाल्यो । फोनमा कुरा बढ्दै जाँदा दुवै नजिकिँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइसकेको बताएकी थिइन् ।

महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफूसँगै बस्नुपर्ने बताइन् । युवक पनि यसको लागि तयार भए । गत शनिबार युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमाको बिहेबारे थाहा पाएपछि माइती आएर विरोध गरिन् । विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कारवाही गरेन ।

प्रतिक्रिया