काठमाडौंँ - शेयर बजारमा आज सामान्य करेक्सन भएको छ । केहि दिन यता निरन्तर उकालो लागेको शेयर बजार आज सामान्य अकंले घट्न पुगेको हो । लगानीकर्ताले नाफा बुक गर्दा शेयर बजार ओरालो लाग्न पुगेको हो ।
वर्तमान मन्त्रिपरिषद् बैठकले पनि समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार्ने निर्णय गरेको छ । आम लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको अब शेयर बजार सहि दिसा लिने प्रतिक्रिया आइरहेको हुदाँ शेयर बजार खासै ओरालो नलाग्ने विज्ञहरु बताउछन् ।तरलता अवस्थामा सुधार हुँदै गएको छ ।
आगामी दिनमा ब्याजदर पनि घट्ने अनुमान गरिएको छ यी कुराले पनि शेयर बजार सुधार तिरै जाने आंकलन गर्ने थालिएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०३ अकंले घटेर २०६१.०६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनेबेच हुदाँ ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँको कारोबार भएको छ ।