विष्णु माझी र जिवन पन्तको आवाजमा उत्कृष्ट लोकदोहोरी गीत चाइनेजो

नेपाली सांगीतक आकाशमा नयाँ नयाँ गीतहरु सार्वजनिक भइरहेका छन । नेपाली लोकदोहोरीकी चर्चित गायिका विष्णु माझी र जीवन पन्तको आवाजमा नयाँ गीत चाइने जो भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उ्रत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई विषय बस्तु बनाइएको छ । नारायण कँडेलको मर्म स्पर्शी शब्द तथा जीवन पन्तको लय सिर्जना रहेको सो गीतको म्युजिक भिडियो समेत निकै मेहनत गरिएको छ ।

दिपेन्द्र तिमिल्सीनाले निर्देशन गरेको सो गीतमा नेपाली चलचित्रका आचल शर्मा र सलोन बस्नेत साथै हास्य कलाकार रामचन्द्र अधिकारीको अभिनय रहेको छ ।

गीतलाई सार्थक डिजिटलले बजार ब्यवस्थापन गरेको छ । गीतको पुर्ण सफलताको शुभकामना सहित यो म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया