हाँस्य कलाकार विल्सन विक्रम राईलाई आफ्नो जन्मदिनमा पुत्र लाभ भएको छ । सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राई आज ३४ औँ जन्मदिन मनाउँदै छन् ।
यसै दिन छोराको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि विशेष बनेको छ । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोराको आगमनले खुशी छाएको र बाबु बन्न पाएकोमा निकै खुसी भएको बताएका छन् । एक वर्षअघि उनले इलामकी सरिना लामासँग बिहे गरेका थिए । बिहे गरेको सात महिना पछि मात्र उनीहरूको बिहेको खबर र तस्वीर सार्वजनिक भएको थियो ।
हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैबाट कलाकारितामा प्रवेश गरेका विल्सन पछिल्लो समय टेलिसिरियलसँगै चलचित्रमा समेत छाएका छन् ।