शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनित

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेकाे हो ।

नेकपा केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे सुरु हुँदैछ । यही केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।

तुम्बाहाङ्फेले तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् ।

प्रतिक्रिया