• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

दोहोरो अंकले नेप्से बढ्दा सेयर बजारमा हरियाली

काठमाडौं - साताको दाेश्राे कारोबार दिन आज (साेमबार) सेयर बजारमा हरियाली देखिएको छ । साेमबार नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा २ वटा बाहेक अन्य उपसमूह उकालाे लागेका छन्। काराेबार रकम पनि आइतबारकाे तुलनामा बढेकाे छ । 


सक्रिय युवा लगानीकर्ता समिर कार्की अहिले बजारमा ट्रेडरहरू हावी रहेकाे बताउँछन् । उनले भने, "अहिले बजारमा ट्रेडरहरू हावी भएका छन् ।ट्रेडरहरूले प्राविधिक कुरालाई नै आधार बनाएर ट्रेड गर्दछन् ।


अहिले प्राविधिक रूपले हेर्दा सबै कुराले बजार सकारात्मक जाने देखाएको छ । प्राविधिक विश्लेषण गरेर हेर्ने हो भने बजार कम्तिमा पनि अब २०० विन्दुसम्म बढ्छ । बजार अब बढ्ने नै हो यसमा दुईमत छैन ।

यसका साथै, देशकाे बीग्रँदाे अर्थतन्त्र सुधार्न प्रधानमन्त्री आफै लागी परेका छन् ।अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको हाे । 

विगत ८ महिनादेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहरुसँग छलफल गर्दै उच्चस्तरीय समिति गठन गरी अहिलेकाे चुलिँदो आर्थिक संकट समाधान गर्नुपर्ने धारणा राखेका हुन् । यो कुराले पनि लगानीकर्ताहरूमा नयाँ आशा जागेको छ र मनोबल बढेको छ ।

प्रतिक्रिया