काठमाडौ,१४ माघ । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेका गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै राउतविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायरको केही दिनपछि सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।
माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभनपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् ।