तीन ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा आउँदै गरेका ३ ट्रक अनियन्त्रित भइ एकापसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।
भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण एक आपसमा ठोक्किएको हो। दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न सकेको छैन् ।
दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाइतेलाई उपचारका लागि भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ ।