नारायणी नदीमा हाम्फालेकी एक महिलाको स्थानीयले गरे उद्दार

चितवन , १३ माघ । बिभिन्न कारणले तनावमा आएकाहरु चितवनको नारायणी नदीमा फाल हानेर आफ्नो ज्यान नै लिन खोज्ने घटना बढ्दो छ ।

सोमबार पनि एक महिला नारायणी नदीमा हामफालेर आफ्नो ज्यान लिन खोज्दा एक डुंगा चालकसहित स्थानीयले उद्धार गरेर उनलाई बचाएका छन् । नारायणी नदीमा हामफालेकी ५० बर्षीया मधुकला खनाललाई एक डुंगा चालकसहित स्थानीयले उद्धार गरेका थिए ।

डिप्रेशनको औषधि खाइरहेकी मधुकला सोमबार दिउँसो साढे २ बजे तिर नारायणी नदीको पुलबाट हाम्फालेकी थिइन ।

उद्धार पछि मधुकलालाई वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ । नारायणी नदीमा हाम्फाल्नुको कारण र उनको आफन्तको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

यसअघि पनि बिभिन्न समयमा नारायणी नदीमा हाम्फालेर धेरैले आफ्नो ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय