आस्था राउतलाई चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति

राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।

क साताअघि सिक्किम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग गायिका राउतको विवाद भएको थियो । त्यसलाई लिएर उनले सामानिक सञ्जाल फेसबुकमा प्रहरी संगठनलाई गालीगलौज गरेकी थिइन् । यसको धेरै आलोचना भएपछि उनको चर्को आलोचना भयो । उनले सामाजिक सञ्जालबाटै माफी समेत मागेकी थिइन् ।

तर, प्रहरीले भने अभद्र व्यवहारको मुद्दा चलाउने भन्दै जिल्ला प्रशासनबाट पक्राउ अनुमति लिएको थियो ।

राउत सिक्किमबाट फर्किएपछि सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय