गायिका आस्था राउत प्रहरी समक्ष उपस्थित भएकी छन् । प्रहरीको फरार सूचीमा रहेकी गायिका राउत सोमबार बिहान प्रहरी समक्ष आफै उपस्थित भएकी हुन् ।
सामाजिक संजालमा प्रहरीमाथि गाली गलौज गरेको भन्दै गायिका राउतलाई पक्राउ गर्न अनुमति दिइएको थियो । केही दिनअघि त्रिभुवन विमानस्थलको सुरक्षामा खटिएकी प्रहरी जवान रमिशा श्रेष्ठले आफुमाथि दुर्व्यवाहार गरेको भन्दै उजुरी दिएकी थिइन् ।
प्रहरी जवान श्रेष्ठसँग मनमोटाव भएपछि उनले सामाजिक संजालमा आक्रोश पोख्दै प्रहरीमाथि तथानाम गाली गरेकी थिइन् । प्रहरी स्रोतका अनुसार कानुनी प्रकृयामा आफु जान तयार रहेको भनदै गायिका राउत सोमबार बिहान आँफै प्रहरी समक्ष उपस्थित भएकी हुन् ।
प्रहरीले विमानस्थलमा भएको घटनाको भिडियो फुटेज पनि सार्वजनिक गरेको थियो । फुटेजमा सामान्य विवाद भएको देखिन्छ । घटनाको सम्बन्धमा अब सुष्मा अध्यायन गरी कारवाही अघि बढाइने प्रहरीले बताएको छ । गएको माघ १३ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमती दिएको थियो ।