कालापानी विवाद समाधान गर्न फागुनको अन्त्यमा नेपाल–भारतबीच वार्ता हुने

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा विवादबारे नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय वार्ता फागुनको अन्त्यमा हुने भएको छ ।

दुई औपचारिक पत्र र पटक–पटक अनौपचारिक छलफलपछि नेपाल हेर्ने डेस्कले फागुन अन्त्यमा बैठक बस्ने तयारी गरिएको हो । समस्या वार्ताबाट समाधान हुने भनेर कूटनीतिक नोटको उत्तर पठाएको एक महिनापछि वार्ताको मिति तय गर्न दुवै पक्ष तयार भएका हुन् ।

पछिल्लो समय संवादबाट विवाद समाधान गर्न भारत इच्छुक देखिएको परराष्ट्र मन्त्रालयले दावी गरेको छ । यसअघि भारतले नेतृत्व आन्तरिक राजनीतिमा केन्द्रित हुनुपरेको, विदेश मन्त्रालयको संयन्त्र र नेपालमा राजदूत परिवर्तनजस्ता विषय देखाउँदै तत्काल वार्ता नगर्ने बताएको थियो ।

भारतको विदेश मन्त्रालयमा नयाँ सचिव र नेपालमा नयाँ राजदूत आएपछि सीमाका विषयमा थप छलफल अघि बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया