अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देश हुँदै नेपालसम्म पुगेको पुष्टि भएको छ। भारतको मुम्बईमा २ जनामा उक्त संदिग्ध सङ्क्रमण फेला परेको भारतीय मिडियाले जनाएका छन्। उनीहरुबारे थप अनुसन्धान भइरहेको छ। नेपालमा पनि चीनको वुहान प्रान्तबाट फर्केका एक विरामी विद्यार्थीमा संक्रमण फेला परेको हो।
हालसम्म चीनमा उक्त घातक भाइरसका कारण ४१ जनाको मृत्यु भइसकेको छ। १२८७ जना मानिस सङ्क्रमित छन्। कोरोना भाइरसको सङ्क्रमण फैलिने चिन्ता बढेपछि चीनले ख्हबेई प्रान्तका नगरहरूमा यात्रामा प्रतिबन्ध लगाएको छ। करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको छ। यसैबीच, सामाजिक सञ्जालमा एक भिडियो भाइरल बनेको छ। जसमा युवतीले चमेरो खाएपछि उनी मार्फत कोरोना भाइरस फैलिएको दाबी गरिएको छ।
डेलिमेलको एक रिपोर्टमा युवतीले चमेरोको झोल पिउँदै गरेको देखिन्छ। चमेरो खाएपछि युवतीमा कोरोना भाइरस विकास भएको र पछि मान्छेमा फैलिएको आशंका गरिएको छ।