रोशी गाउँपालिकाले भोलि आइतबार सार्वजनिक बिदा दिएको छ ।
तामाङ समुदायको महान पर्व सोनाम ल्होछाराका अवसरमा भोलि आइतबार पनि बिदा दिएको हो । गाउँपालिकाले यस अघि १० गते शुक्रबार पनि सार्वजनिक बिदा दिएको थियो ।
गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाका अनुसार ल्होछारको उपलक्ष्यमा गाउँपालिकाका विभिन्न स्थानमा धार्मिक लगायत सांगीतिक कार्यक्रम राखिएको छ ।
सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक बिदा दिने गरिएको र त्यसै अनुसार पालिकाभर विविध कार्यक्रम आयोजना गरिएको अध्यक्ष लामाको भनाइ छ ।