एन्फाका अध्यक्ष गुरुङमाथि हातपात गरेकाे आरोपमा सांसद मनाङ्गे नियन्त्रणमा

काठमाडौं, ०९ माघ । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङ उर्फलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

सांसद मनाङ्गेविरुद्ध अखि नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएकाे हाे। बिहीबार उनलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिए लगतै नियन्त्रणमा लिएकाे जनाइएकाे छ।

सांसद मनाङ्गेलाई पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट सादा पोशाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उनले मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनको विषयलाई लिएर गुरुङलाई कुटपिट गरेका थिए ।

मनाङेले मनाङबाट आएका खेलाडीहरुलाई एक सातादेखि भत्ता दिनुपर्ने भन्दै माग गरेका थिए । उक्त माग अस्वीकार भएपछि उनले गुरुङलाई हातपात गरेका थिए। आफूमाथि कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष गुरुङले मनाङ्गेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

प्रतिक्रिया