एक तर्फि माया जस्तै उत्कृष्ट गीत लेखे शिव हमालले,शिशिरले गरे मनमोहक अभिनय

नेपाली लोकदोहोरीका अब्बल सर्जक शिव हमालको सिर्जना मन नपराउने मानिस निकै कम होलान । नेपाली लोकदोहोरीमा धेरैले उनलाई गुरुको रुपमा पनि लिन गर्दछन ।

मिलनशार र क्षमतावान सर्जक हमालले सिर्जना गरेको नयाँ गीत आज मुटु भर्खर मात्र सार्वजनिक भएको छ । मुटुनै छुने शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गीतमा विष्णु माझी र बालाराम विकको आवाज रहेको छ । गीतले माया प्रेममा विछोड हुने मायालु जोडीको कथालाई विषयबस्तु बनाएको छ ।

गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ भने गीतलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन । गीतमा शिशिर पौडेल र आयुष्मा कार्कीको दमदार अभिनय रहेको छ ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै मोडल शिशिर पौडेलले गीत सार्वजनिक भए पछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको बताउनु भयो ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया