नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मंगलबार राति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको थियो । सडकको दुवैतर्फका सवारी रोकिएका थिए ।
राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार, दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरी सडकको पहिरो हटाइएको हो ।
यो सडक खण्ड वर्षाका अतिरिक्त हिउँदमा पनि पहिरोको चपेटामा पर्दै आइरहेको छ । आयोजनाका अनुसार सडक विस्तारको काम सकेर अहिले पहिरो रोक्ने काम भइरहेको छ ।