काठमाडाैँ, ७ माघ । चीनबाट सुरु भएको कोरोना भाइरसका कारण संक्रमणकै रुप लिएको बताइएको छ ।
चीनमा गत डिसेम्बरदेखि अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको छ । दुई सय बढी यसका बिरामी छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यो संक्रमण जनावरबाट मानिसमा सर्छ । २००२ मा पनि चीनमा यस्तै प्रकृतिको संक्रमण देखिएको थियो । मार्स नामको उक्त संक्रमणबाट ७ सय ७४ जनाको मृत्यु भएको थियो ।
चिनियाँहरु नयाँ वर्षको तयारीमा रहँदा रहस्यमयी भाइरसको संक्रमणका कारण चिन्ता बढेको छ । चीनको वुहान राज्यबाट सुरु भएको यो भाइरस थाइल्याण्ड, फिलिपिन्स, जापान र दक्षिण कोरियामा समेत देखिन थालेको छ ।
अघिल्लो हप्ता चीनको वुहानबाटै एकजना नेपाली काठमाडौँ आएका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि उनी स्वास्थ्य जाँच गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए । चिकित्सकहरुले उनलाई कोरोना भाइरसकै आशंका गरे । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।