सोमबार नेप्से परिसूचकमा २३ अंकको वृद्धि

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सुधार देखिएको छ । आइतबार १८ अंकले घटेको बजार सोमबार भने उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक २३.२२ अंकले बढ्दै २७६३.१८ बिन्दुमा पुगेर बन्द भएको छ ।

तर, परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम भएको छ । सोमबार ३१७ कम्पनीका १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर किनबेच भई ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार भने ३२२ कम्पनीका १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर कारोबार हुँदै ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको थियो ।

उपसमूहगत कारोबारमा भने उतारचढाव देखिएको छ । सोमबार अन्य समूहको उपसूचक २.८७ प्रतिशतले घट्यो भने माइक्रोफाइनान्स १.५९ प्रतिशत र विकास बैंक समूह १.१० प्रतिशतले ओरालो लागेका छन् ।

प्रतिक्रिया